स्थानीय जाति र भाषाको सम्मान गर्दै गाउँपालिकाको नाम पनि किरात लिम्बू भाषामा नै राखिएको हो । किरात लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । किरात लिम्बू भाषाबाट देवीदेवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई ‘माङसेबुङ’ भनिएको हो । किरात धर्मावलम्बीहरुको एकमात्र आस्थाको केन्द्र ‘माङसेबुङ’ को नामबाट नै माङसेबुङ गाउपालिका अन्तर्गतको प्रथम निर्वाचित प्रतिनिधि संघीयतालाई कार्यन्वयन गराउने पहिलो जनप्रतिनिधि भएको हिसाबले ऐतिहासिक जनप्रतिनिधिको रूपमा काम गर्ने अवसर जनताले अवसर दिएको थियोे । यो अवसरलाई प्रयोगमा गर्दैगर्दा विभिन्न चुनौतीहरु पनि थियो सुरुवात समयमा । संघिय सरकार र निर्वाचन अगावै स्थानिय सरकारको निर्वाचन गरेर नेपाल सरकारले निर्वाचित गरेको थियो जनताले । संबिधानको अलवा स्थानिय शासन संचालन ऐन, कानुन , कुनै कार्यविधी विहिन अवस्थामा शुन्यताबाट संघियतालाई स्थानिय तहबाट संचालन गर्ने जनप्रतिनिधि हो । तथापि जनताको भावना आकांक्षा अनुसार काम गर्नुपर्छ भन्ने हामी जनताको भावनासंग नजिक रहेको जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँ र क्षेत्रबाट प्रयास र प्रयत्नहरु गर्यौ ।
माङ्सेबुङ गाउपालिकामा धेरै कामहरु गर्ने प्रयासहरु गर्यौ । कति सफलता हासिल गर्यौ कति बा“की रहे कति हुने क्रममा छ । जनतासंग संकल्प गरेको कामहरु कति गरे गरेनन् भनेर जनताले पनि मुल्यांकन गरेको छ । बिशेष गरेर यो हाम्रो वडामा मैले निर्वाचित भएयता आर्थिक बर्ष ०७४ देखि यहासम्म ०७९ सम्म आइपुग्दा समाजिक विकास ,भौतिक विकास सांस्कृतिक विकास , विभिन्न ठुला परियोजनाहरु अन्तर्गतको डिपिआरहरु, जातिय बहुल्यताको आधारमा किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा ब्यवहारिक र कार्यन्वयन ऐतिहासिक कार्य गरेका छौ ।
यो प्रयासको सफलता पनि महसुस गरेका छौ । सफलता पाउनुमा जनप्रतिनिधिहरुको एक्लो प्रयासले सम्भव थिएन । यहा“को सचेत नागरिक बुद्धिजीवी मिडिया सम्पुर्ण नागरिकहरुको साथ सहयोग र सद्भभावले सफलता हासिल गरेकाछौ । त्यसमा पनि माङ्सेबुङ वडा नं. ५ मा किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङ्सेबुङ हो । किरात धर्मावलम्बीकोहरुको आस्थामा विराजमान परम पुजनिय गुरुदेव गुरुमाताज्युहरुको कर्मथलो बासस्थान यही वडानै हो ।
गुरुआश्रम पनि यसैक्षेत्रमा रहेको छ । धर्मगुरु गुरुआमाज्युहरुपनि नागरिकको रूपमा बसोबास गरिरहनु भएको छ। गुरु गुरुआमाज्युहरुको पनि हरेक विकासको पाटोमा सहकार्य सद्भभाव र सहयोग थियोे र वहाहरुको सहयोग रहदै आएको छ । भावी दिनमा पनि वहाहरुको सपना धेरै वटा संकल्पमा सफलता भएको महसुस गरेका छौं ।
नेपालमै पहिलो जातिय बहुल्यताको आधारमा कामकाजी भाषाको रूपमा कार्यन्वयन गराउनु त्यति सजिलो भने थिएन । यो अगाडि बढाउनमा विभिन्न चुनौती थिए । धेरै कुराहरु थिए । सयौ बर्षदेखि नेपालमा बोलिने मातृभाषाहरुलाई एकजाती र एकलिपिले कुल्चेको थियो । टेकेको थियो मिचेको थियो । हस्तक्षेपमा थियो ।
यद्यपि राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको उपदेश अनुसार ‘मास्दा नि ननासिने जाती मास्दा नमासिने जाती’ भएकोले हाम्रो भाषा र हाम्रो लिपि बचाउन सकेछौ भनेर ठानेका छौं । आफ्नो भाषामा कार्यालयमा आएर निवेदन लेख्न पाउँछन् जहाँ आफ्नो भाषामा जनप्रतिनिधिहरुसंग कुराकानी गर्न पाउँछन् । गुनासोहरु राख्न पाउछन् त्यो अभ्यास माङसेबुङबाट थालनी गर्यौ । थालनी गर्दा विभिन्न चुनौतीहरु सकसहरु नभएको होइन ती सकसहरुलाई हामिले गाउ“पालिकाको जनप्रतिनिधिहरुले सामुहिक, ब्यक्तिगत रूपमा कार्यपालिकामा सभामा व्यापक रुपले छलफल भयो । यहाँ सम्म सफलता हासिल गर्न सक्यौ । यो सफलता यो वडाको जनप्रतिनिधि मात्र होइन सिंगो गाउ“पलिकाको सफलता हो ।
नेपालको हकमा सबै ७४३ स्थानिय तहमा ध्यान आकर्षण भएको छ । बिशेष गरेर संघ र प्रदेश सरकारको पनि ध्यान आकर्षण भएको छ । २०७५ मंसिर १३ गते भाषा घोषणा गरिरहदा यहा“को स्थानिय किरात लिम्बू भाषालाई प्राचिन किरात लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रूपमा घोषणा गरिरहदा राज्यको नजर भएको थियो । गृहमन्त्रालयले सिआबीहरु, सेनाको सिआइबी, सशस्त्र सिआबिहरु हप्तादिन अगाडि माङ्सेबुङ पठाएर हामीलाई फलो गरिरहेको थियो । जिल्ला प्रशासनबाट सबै क्षेत्रबाट हाम्रो कार्यप्रती चासो चनाखो सबै किसिमले हेरेको थियोे । यद्यपि हामिले जनताको चाहना भावना वहाँहरुको मनमुटुको काम गरेकोले एउटा आन्दोलनको हिसाबले नितिनियम कानुन अनुसार जनताको भावना बमोजिम काम गरिएको छ ।
जनता जनार्दन हो । लोकतन्त्रमा जनता नै सर्बोपरी हो । जसरी संबिधानको प्रस्तावमा उल्लेख गरिएकोछ। त्यो प्रस्तावलाई हामीले आत्मासात गरेका छौं । जनप्रतिनिधिहरुले केही दुश्मनी कुविचार राख्नेहरुले यो चै कानुन भन्दा बाहिर छ भन्ने हल्ला फिजाइयो । यो प्रती आपत्ति र चुनौती छ । जहाँ कि यो जाग्दै गरेको एउटा दियोलाई निभाउनको लागि कानुनको ब्याख्या गरेर असर गर्ने जनताको भावनालाई चोट पुग्नेछ । बरु यो भाषा कार्यन्वयन गर्न नेपालमा बोलिने सम्पूर्ण भाषाहरुलाई कार्यन्वयन गर्न लाई समस्या छ भने बुद्धिमानी जनप्रतिनिधिहरुले त्यो कानुनलाई परिमार्जन गरेर जनताको भावना जनताको भाषालाई जनताले बोल्ने मातृभाषालाई संरक्षण गरौ । त्यो कार्य गर्नुनै बुद्धिमता हुनेछ । भाषाको सम्बेदनालाई बुझ्ने सचेत जनप्रतिनिधिहरुले बुझ्न जरुरी छ । त्यसैले एउटा नजिर राखेर माङ्सेबुङ गाउपालिका वडा नं. ५ बाट जातीय बहुल्यतामा रहेको बहुसंख्यक नागरिकहरुको वक्ता बोल्ने भाषा किरात लिम्बू भाषा सरकारी कामकाजी भाषाको रूपमा कार्यन्वयनको ३ बर्ष दौरानमा पुगेको छ । यो कार्यन्वयनको पक्षमा यहाको नागरिकहरु खुशी छन । खुशी बनाउनु नै जनप्रतिनिधिको कर्तब्य हो । दायित्व पनि हो । अहिले पछिल्लो समय चुलाचुली गाउपालिका, पाचथरको फाल्गुनन्द गाउपालिका लगायतले पनि सरकारी कामकाजको भाषाको रूपमा जातीय बहुल्यताको आधारमा बढिरहेको छ । २०७५ मंसिर १३ गते घोषणा गरिरहदा राष्ट्रिय मिडियाहरुले राम्रो साथ दिएको थियो । यहाँ गरेका कार्यहरुलाई मिडियाले आफ्नो अखबारमा टेलिभिजनमा विधुतिय संचार रेडियोमा प्रचार प्रसार भएको थियो ।
सरकारको कान्छो तहमा रहेर धेरै प्रयासहरु गर्ने कोशिस गर्यौ। यद्यपि यो कोशिसमा आर्थिक , समाजिक हिसाबमा सहयोग थियोे । सरकारको वित्तिय सामन्यीकरणको आर्थिक न्यून रुपले थियो । यहा“को समाजिक विकास, आर्थिक ,सांस्कृतिक विकास लगायत सबैलाई समेटेर बिनियोजन गर्दा जनताको अपेक्षानुसारको जम्मा बजेट राख्न सकेनौ । सामान्यतया यहाको भाषिक, सांस्कृतिक क्षेत्रमा पनि विकास गर्ने कोशिस गरेका छौ । हरेक आर्थिक बर्ष सामान्यतया बजेट राखेर यहाको जनताहरुको चाहना अनुसार किरात धर्मावलम्बीहरुको बहुल्यता रहेको क्षेत्र भएको हिसाबले किरात भाषा, लिपि ,संस्कृति अन्तर्गत रहेको विभिन्न मौलिक गित संगितदेखि लिएर मौलिक भेषभुषा बाजागाजा इत्यादि कुरामा बजेट बिनियोजन गरेर कार्यन्वयन भएको छ । हरेक आर्थिक बर्षमा साच्चिकै ७५३ वडा स्थानिय तहहरुमा त्यस्तो शिर्षकहरुमा बजेट कमै मात्रामा छुट्छ। यद्यपी यसरी पनि कार्यन्वयन गर्यौ ।
यस क्षेत्रमा भाषा पठनपाठनको अभ्यास गरेको छ । त्यसमध्ये वडा भित्र रहेको एक माध्यामिक विद्यालय सरस्वती माविमा ११,१२ कक्षामा किरात लिम्बू भाषा किरात लिपिमा गाउ“पालिकाको आर्थिक सहयोगमा पठनपाठन हुँदै आएको छ । भाषाकक्षा संचालन भएको छ । प्रदेश नं. १ को विभिन्न जिल्लाहरुबाट चासो राख्ने लिम्बू विधार्थी बिशेष गरेर यहाँ किरात भाषाको परीक्षा लेख्न आउने गर्दछ । युवाहरुमा भाषा मोह बढेको छ । हरेक बिधालयमा दरबन्दी खुलाएर भाषा संस्थागत गर्दैगर्दा भाषा कार्यविधी निर्माण गरेर राजपत्रमा प्रकाशन गरेर भाषालाई संस्थागत गर्ने प्रयास गरेका छौं । कार्यविधिमा भाषा शिक्षकको पनि अवधारणा राखेका थियांै । त्यही अवधारणा अनुसार शिक्षा नियमावली ऐन संगपनि नबाझिनेगरी कार्यविधी निर्माण गरेर भाषा शिक्षकहरुको नियुक्ति भएको छ । भाषिक शिक्षकह्रुको नियुक्तिले जागीरको सुनिश्चितता भएको छ ।
यहाँ एउटा मुन्धुमी विधालय छ । मुन्धुमी बिधालयमा गाउ“पालिका मार्फत दुईजना शिक्षक दरबन्दी प्रदान भएको छ । यहाँ नेपालको स्थानीय तहहरु भन्दा फरक तरिकाले वडा संचालन भयो कि भन्ने ठानेको छु ।
नेपालको स्थानीय तहहरु मध्ये यो गाउपालिका अन्तर्गत वडा ५ किरात धर्मगुरु र गुरुआमाज्यूहरुको बसोबास र कर्मभूमिको रुपमा विश्वका किरात धर्मावलम्बीहरु प्रत्येक वर्ष आयोजना हुने कार्यक्रममा आउने गर्दछ । नेपालका सरकार प्रमुखहरु दैनिक जसो आउने गर्दछ । किरात धर्मावलम्बीहरुको बिचार विमर्श र किरातहरुको आस्थाको केनद्र माङ्सेबुङ भएकोले यो विश्व किरातहरुको ध्यान जाने थलोलाई गुरु गुरुआमाज्युहरुको परिकल्पना अनुसार यस्लाई अगाडि बढाउने विभिन्न संसारभरिका किरात धर्मावलम्बीहरुको चासो चिन्तन र किरात धर्मगुरु गुरुआमाज्युहरुको संकल्प सबैलाई बीचमा केन्द्रमा राखेर माङ्सेबुङलाई कसरी निर्माण विकास गर्ने भन्ने सपनाहरुको संगालोको रूपमा केन्द्रीय माङ्हिमलाई डिपिआर गरेका छौ । त्यो डिपिआरमा गुरुगुरुआमाज्यु लगायत गुरु परिवारलाई समाबेश गरि हामीले हप्तौं राखेर मसिनो तरिकाले छलफल गरेर गुरुगुरुआमाज्युहरुको संकल्प नछुट्टिनेगरि हामीले सकेसम्म सबैकुरालाई अटाउनेगरि योजना बनाउने प्रयास गरेका छौ ।
माङ्सेबुङ वडामा भित्र रहेको रिङरोड चक्रपथ किरात धर्मावलम्बीहरुको इलाका भित्र रहेको निर्माण भएको छ । यो चक्रपथलाई पनि डिपिआर गराएको छौ । चक्रपथ वरिपरि गुरुगुरुआमाज्युहरुको निर्देशन अनुसार आठ वटा पाटामा रहेको छ । ८ वटा पाटामा आठैवटा स–साना माङहिमहरु प्रतीक्षालयहरु राख्ने गुरुगुरुआमाज्युको संकल्प छ ती कुराहरुको पनि डिपिआरमा समाबेश गरेका छौ ।
गुरुआश्रम भित्र रहेको सिद्ध हाङसाम माङ्हिम छ त्यो माङहिम पनि डिपिआर भएको छ । यसैगरी आत्मानन्द सभा गृह भिभिआइपी गेस्टहाउस सहितको राष्ट्रपति प्रधानमन्त्री लगायतका सम्पुर्ण भिआइपिहरु आउदा बस्न मिल्ने खाल्को गुरुज्युको कल्पना रहेको छ । त्यो सभागृहको पनि डिपिआर सम्पन्न गरेका छौ ।
फुलुङ्गी तिर्थमार्ग निर्माण गरेको छ । वडा सिलिङको बजेट मार्फत फुलुङ्गी तिर्थमार्ग निर्माण गरिरहदा त्यहा बन क्षेत्रहुदा आन्तरिक समस्याहरुको कारणले गर्दा पुर्णता हुन सकेको थिएन । पछिल्लो समय फाल्गुनन्द बन भनेर दर्ता गराएको छौ । त्यो बन क्षेत्र भित्र भएकोले तिर्थमार्ग अगाडि नै रेखांकन गरेर यो आर्थिक बर्षमा बजेट बिनियोज बढाएको छौ । वडा र गापाको तर्फबाट २१ लाख चालीस हजारको टेन्डर आह्वन गरेर काम सुरु भएको छ । राष्ट्रिय विभुती महागुरुले ज्ञान् आर्जन गरेको पुन्यभूमि तपोभूमि फुलुङ्गी क्षेत्र हो र वर्तमान किरात धर्मगुरुज्युले पनि ज्ञान् आर्जन गरेको तपस्या गरेको क्षेत्र भएकोले त्यसको महत्व गहन रहेको बुझिएको छ । अहिले नै भोलि भबिश्यमा बिश्वको आस्थावान किरात धर्मावलम्बीहरुले हाम्रा गुरु हाम्रा दार्शनिकहरुले दर्शदाताहरुले जिवनमा एकपटक पुग्ने भन्ने संकल्प गर्छन् । त्यहा पुग्नको लागि स्थानीय हुनको नाताले बाटोघाटोको समस्यालाई सहज बनाउ भन्ने उध्धेश्य हो ।
भौतिक विकास जनताको चाहना अनुसार जनताको भावना अनुसार थुप्रै थुप्रै कामहरु बाकी छ । र, थुप्रै कामहरु थालेको सम्पन्न गर्नु छ । यो वडा सबैको साझा थलो भएकोले साझा बिचार अहिलेसम्म भएको काम पनि साझा ढंगले नै भएको छ । बा“की काम पनि साझेदारीमा सम्पन्न हुनेछ भन्ने अपेक्षा गरेको छु । करिबकरिब संघीयता र मुलुक गणतन्त्र नगइकन त्यस भन्दा अगाडि यो माङ्सेबुङ गाउपालिका माङ्सेबुङ ५ भनेर अहिले भनिराखेको थलो झै इलाम जिल्ला अन्तर्गतको बाझो गाबिस सदरमुकाम केन्द्र राखेर हेर्दा एउटा कर्णालीको रूपमा हेर्ने बाझो, बाझोको पनि तल्लोभेग लारुम्बा ९ नम्बर वडा चिनिन्थ्यो । मुल्यांकन गर्थे रे यहाँ चै बादर मात्रै बस्छ सचेत नागरिक बस्दैन यहाँ बस्ने झै लुते लङ्गडा लाटा बस्ने भनेर हिंसा गरिन्थ्यो रे तितो अनुभव रहेको छ । सायदै त्यो सत्य थियो होला ।
आन्दोलन १० बर्ष सशस्त्र जनयुद्ध ६२÷६३ को जनआन्दोलन बीसौं बर्ष जनप्रतिनिधि बिहिन अवस्थामा विकासको चरणमा यो पिल्छिएको ठाउँ कति पछी थियो भन्ने कुरा सहजै आंकलन गर्न सकिन्छ । त्यो क्षेत्र लाई संघीयताको कार्यन्वयन पछि र नेपाल धर्म निरपेक्ष हिसाबले नयाँ संविधान आइसकेपछी हामी प्रथम निर्वाचित जनप्रतिनिधिहरु र यहाँको नागरिकहरुको उत्साह उमंगले छोटो समयमा धेरै संकल्पहरु अगाडि बढेको छ । यहाँ विभिन्न सामुदायिक भवन कल्पना गरेको छौ । यसको थालनी गरेको छौ । नाम्तोक्ला टोलमा २ सय क्षमताको चिसेनी भेगमा ३ सय क्षमताको भवन अर्धसम्पन्न भएको छ त्यसलाई पनि सम्पन्न गर्ने कोशिस गरेका छौ । यसरी हामीले सांस्कृतिक हिसाबले भौतिक हिसाबले विकासगर्ने परिकल्पना गरेका छौ ।
शैक्षिक हिसाबले पनि यस क्षेत्रलाई गुणस्तरीय शिक्षा प्रदान गर्न यहाँको विद्यार्थीहरु बालबच्चाहरु बाहिर नजानको लागि राम्रो बनाउनु पर्छ भन्ने जनभावना भएकोले सुधारको प्रयास गरेको छौ । सामुदायिक शिक्षा माथि उठाउन सकिन्छ भन्ने चासो चिन्तनले व्यापकता गर्यो । समाजिक विकास संयोजक हिसाबले गाउपालिका भरिका सामुदायिक बिधालय पुग्ने कोशिस गरे । बिधालय प्रशासन संग बुझ्यौ परामर्श लियौ सामुदायिक बिधालय प्रतिको उदासीनता किन ? यस्ता प्रश्नहरु गर्यौ र प्रयासहरु गर्यौ । बिधालयको शिक्षक भनेको राष्ट्र सेवक हो । वहाँहरुको सेवा समाजकै सभ्य सेवा हो । यो वडा भित्रपनि लामो समय आफ्नै ढा“चा अनुसार बिधालय संचालन हुँदै आइरहेको थियो हामिले उजागर गर्ने कोशिश गर्यौ । बिधालय सुधार उन्मुख रहेको छ । सरस्वती मा बि बिधालय गाउपालिकाकै एककदम अगाडि बनाउनु पर्छ भनेर प्रयास गर्यौ । गाउपालिका भरिकै एकमात्र कृषि प्राबिधिक शिक्षा बाली बिज्ञान पढाइ हुन्छ भनेर चिनाउन सफल भएको छौ । चारकोठे भवन गाउपालिकाको आर्थिक सहयोगमा बनेको छ । यो आर्थिक बर्षमा ३० लाख दोस्रो तला थप्ने प्रयास भएको छ। जयश्वरी आवि , किरात निसामहिम भाषिक बिधालय, किरात मुन्धुम निसामहिम समेत अगाडि बढाएको छौ । निसामहिम जयश्वरी दुइकोठे राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत भवन योजना सम्पन्न भएको छ । शैक्षिक गुणस्तरलाई ध्यान दिन शिक्षकहरुलाई सजग गराएको छु । त्यो काम अगाडि बढेको छ । बिधालयलाई रंगरोगन लगाएर मात्रै पुग्दैन भवन पुर्वाधार निर्माण गरेर मात्रै हुदैन गुणस्तर शिक्षा हुनुपर्यो ।
बिश्वको ध्यान यस वडामा खिच्ने ठाउँ भौतिक योजना परियोजनाको ठुला ठुला कामहरु गर्नु अझै बाकी छ । सचेत नागरिक मिडियाकर्मी राजनीतिक दलका प्रमुखहरूसबै एक्ट्भी भएर लाग्दा मात्रै यहाको नागरिकको हैसियतले योजना दायित्व वहन गर्न सकिन्छ । त्यो आह्वान मैले सबैलाई गरिरहेको छु । सम्भवतः समाज निर्माणको तहमा पक्ष बिपक्षामा बिभाजन नभइ काम भई राखेको अभ्यास लिएको छु । मैले कुनैपनि पार्टी पनि हेरिन साथीभाइ निकटतम पनि हेरिन साझा तरिकाले हेरे । आग्रह पुग्राहको दृष्टिले कसैलाई नहेरेको अनुभव र आभास गरेको छु । सामन्यतया म संगै चुनाव लड्ने साथीहरुलाई करोडौंको योजनाको जिम्मेवारी तोकेको छु । म मेरो बुझाइ स्थानीय सरकार स्थानिय जनप्रतिनिधिको विपक्षमा हुदैन र विपक्षको भावनाले हेरिनुपनि हुदैन ।
प्रशासनिक हिसाबले यो शान्ति क्षेत्र भएको हिसाबले काम गर्न सहज छ । यहाँ एउटा मद्यपान, धूम्रपान नगर्ने पवित्र समाजको रूपमा अभ्यास गरेको थलो भएकोले समाजमा काम गर्न धेरै सहज छ । यो समाजको अभ्यासमा हामीले गरिरहदा बाहिरको समाजमा ठोकिन्दा नरमाइलो महसुस पनि गरेको छु । मदमदिरा ,भाङ नखाने , चुरोट , खैनी नखाने त्यो अभ्यास गरेछौ । जानेर पनि नजारे पनि । हो शाकाहारी शान्ती क्षेत्र भएकोले पनि यहाँका नागरिकहरुसंग काम गर्न निक्कै सहज भएको महसुस गरेको छु । यो ५ बर्षको कार्यकाल यिनै मुलतः काम गर्दै बितेको छ । यो वडाको सामन्य काम थालनी सम्म भएको छ । अलवा बाटो सडक सरसफाइ पुर्वाधारको कुराहरु टोल टोलमा सडक, खानेपानी पुर्याउने सपनाको कामहरु प्राय प्राय गरेर सम्पन्न भएको छ । बस्ती बस्तिमा सडक पुगेको छ । त्यसलाई व्यावस्थापन गर्न अझै धेरै कामहरु छ ।
मेरो गुरुज्यु संगको सामिप्यता अत्यन्तै निकट रहयो । हरेक आर्थिक बर्षको योजनाहरु योजना तर्जुमा गर्दा बजेट वितरण गर्दा र यो आर्थिक बर्षको समाजिक बिकास , भौतिक बिकास, पुर्वाधार बिकास, आर्थिक बिकास के कतिका गर्ने कसरी गर्ने सम्बन्धमा गुरुज्यु संग बसेर योजनाहरु बनाउने गरेको मेरो अभ्यास छ । गुरुलाई सोधेर सबै कामहरु गर्ने कोशिस गरे । र गुरुज्यु बिकास र समाज निर्माणको कुरामा जीवनकाल खण्डमा सुन्य अवस्थादेखि आउनु भएकोले अत्यन्तै चासो राख्नु हुन्छ । गुरुले सानोदेखि ठूलो योजनाहरुको चासो राख्नु हुन्छ । ठुला–ठुला सपनाहरु गुरुसंग छ । गुरुसंग मैले नजिक रहेर ५ बर्ष कार्यकाल बिताए । गुरुको संकल्प अनुसारको कामहरु त गर्नु अझै धेरै बाकी नै छ । वहाँको सपना अनुसारको कामहरु गर्न केही समय लाग्छ भन्ने ठानिएको छ ।
माङसेबुङ गाउपालिका र रेडियो माङसेबुङसंगको साझेदारितामामा ‘हाम्रो माङसेबुङ गाउपालिका’ कार्यक्रममा योगेश लाओतीसंग गरिएको कुराकानी आधारमा तयार पारिएको हो ।