नेपालको १० वर्षे सशस्त्र युद्धको समयमा मुलुक यद्वको चपेटामा परेको थियो। त्यसैले मुलुकका जनताहरू शान्तिको खोजीमा थिए। यस्तैमा मेरो परिवार ताप्लेजुङको सदरमुकाम फुङलिङबाट २०५९ असोज १५ गते कुम्लो कुटुरो बोकेर माङसेवुङ लागेको थियो ।
नेपालको १० वर्षे सशस्त्र युद्धको समयमा मुलुक यद्वको चपेटामा परेको थियो। त्यसैले मुलुकका जनताहरू शान्तिको खोजीमा थिए। यस्तैमा मेरो परिवार ताप्लेजुङको सदरमुकाम फुङलिङबाट २०५९ असोज १५ गते कुम्लो कुटुरो बोकेर माङसेवुङ लागेको थियो । र, असोज १९ गते पवित्रभूमि इलामको माङसेवुङमा आइपुगको थियो। यही समयमा मैले पहिलो पटक माङसेबुङमा पाइला टेकेकी थिएँ ।
माङसेबुङ आएपछि समय बित्दै गयो । यस्तैमा, वि।सं। २०६५ मा किरात साम्यो साक्थिमोन मुजोत्लुङ पान्जुम्भोले वार्षिक चोमेन सेवाको आयोजना गरेको थियो। त्यही समयमा मैले पनि यस संस्थामा केन्द्रीय कलाकारको रूपमा प्रवेश गर्ने अवसर पाएँ । यसले मरो सानो देखिको म कला क्षेत्रको चाहनालाई केही मात्रामा पूरा गरेको थियो ।
केन्द्रीय कलाकारको रूपमा आवद्ध त भएँ। म तर, कलाकारको रूपमा काम गर्न मेरा लागि त्यति सजिलो थिएन। किनकि, घरको काम पनि भ्याउनु पर्दथ्यो। त्यसैले समय मिलाउन धौधौ पर्थ्यो । म घरबाट छिटोछिटो काम सकाएर ठिक समयमा साक्थिम्मने पान्जुम्भोको कार्यालयमा आउने कोसिस गर्थे । तर, सबै दे समयमा घरको काम भ्याउन सक्दिनथें । त्यसैले कुनै छ बेला बास्ना भोकै हुन्थे। त्यसैले घरमा अभिभावकको गाली कुटाइ पनि खानु परेको छ। यस्तो भए पनि भाग्दै कार्यालयमा आएर नाचको अभ्यास गरें। ल कार्यालयमा नृत्यको कम्पोज नहुँदा हतारहतार घाँस काट्थे ।
कुनै बेला साक्थिम्मोनका कलाकार निर्देशक इन्द्र योङहाङले पनि घाँस काटिदिनु हुन्थ्यो। प्रायः घरको ले काम छाडेर नाच्न आउनु पर्ने भएकाले अभिभावकले ना गाली गरिहरनु हुन्थ्यो । गाली गर्नु पनि स्वभाविक नै थियो। किनकि, अभिभावकहरू दिनभरि काम गरेर गलेर घरमा आइपुग्दा कति समय मैले खाना नपकाई, म पानी, घाँसपात गरेकी हुँदैन थिएँ । यसरी समय बित्दै जाँदा अभिभावकका गाली पनि सामान्य लाग्न थाल्यो ।
वि।सं। २०६७ को बलिहाङ तङनाममा देउसी भैलो नाच लानका लागि नृत्य कम्पोज धमाधम भइरहेको थियो । त्यसैले कम्पोजमा समयमा नै हाजिर हुन म घाँस काट्न हतारहतार रूखमा चढ्दै थिएँ । यस्तैमा करिव १० मिटर माथिबाट भूइँमा पछारिन पुगें । त्यसपछि मलाई केही थाहा भएन । केही समय बितेपछि म झस्याङ्ग ब्यूँझिए। त्यतिबेला मेरो छाती हल्का दुखेको । महसुस गरे। र, आफूलाई केही नभएको ठानें । तर, पछि एक्सरे गर्दा मेरो दुई वटा करङ भाचिएको रहेछ । त्यही भाचिएको करङ अहिले पनि दुखिरहन्छ ।
कलाकारको रूपमा काम गर्दा यस्ता दुःख मात्र नभएर सुखको पनि अनुभूति गरेकी छु। पान्जुम्भो मार्फत नै देश तथा विदेशमा कलाकारको रूपमा उपस्थित भएकी छु। वि।सं। २०६६ मा भारतको सिक्किममा सांस्कृतिक कार्यक्रम गर्न गयौं। त्यस समयमा हामी ससाना कलाकार हरूलाई देखेर माइती नेपालले मानव बेचबिखनमा लगेको भन्दै पान्जुम्भोका तत्कालीन सहकोषाध्यक्ष भीमा आङबुहाङलाई कष्ट पनि दिएको थियो ।
फुङलिङ ८, ताप्लेजुङ
किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो स्मारिकाबाट साभार