४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

सन्दकपुरमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द १४० औं जन्मजयन्ती कार्यक्रमको तयारी पूरा

कातिक २४, माङसेबुङ । किरात धर्म दर्शन दाता महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन १४० औं जन्मजयन्ती कार्यक्रमको तयारी पूरा भएको छ । महागुरु फाल्गुनन्द लिङ्देन जन्मजयन्तीको अवसरमा भोली कार्तिक २५ गते आइतवार इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ स्थित माबुको हाङमादेनमा आयोजित महागुरु फाल्गुनन्दको जन्मजयन्तीको केन्द्रीय कार्यक्रममा…