काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । गोदावरीको सनराइज हलमा शनिबार भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै प्रधानले उपाधि हात पारेकी छिन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् । उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् । यस्तै मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छन् ।