किरात धर्म दर्शनदाता, महान समाज सुधारक, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १३८ औं जन्मजयन्ती आगामी नोभेम्बर १२ तारिखका दिन युकेमा भव्य रुपमा मनाउने भएको छ । विगतका वर्ष झै महागुरु फाल्गुनन्दको जन्मजयन्ती यस वर्ष पनि युकेमा भव्यताका साथ मनाउने तयारी गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले जनाएको छ । …