६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

आन्छुमे नसानको, मुटुमा चोट पुर्याउनेका लागि जवाफ



किरात समाचारः बेहोसमा कथाको पात्र बालुवा मरुभूमिमा हिडिरहेको हुन्छ, प्रेमिकाको सम्झानामा ।

अनि सुन्दर तालको छेउमा आफ्नो मायालुलाई भेट्ने अवसरमा खुसी हुदै बेहोसी पात्र आउदै गर्दा आफ्नो प्रेमिका अर्कै नाठोसंग बसिरहेको देख्छ, अनि पानी पर्लाझै बेहोसी प्रेमि पात्र गीतको बोल आलुमाइन केघान्दुआङ पससत्नु केवामु, मेरो मुटुलाई चोट बनाएर रमाउदै छौ रे ! किरात लिम्बभाषामा निकै राम्रो गीत लेखेर श्रोता दर्शकको मन मुटुमा भिज्न सफल गीतकार, संचारकर्मी तथा निर्देशक आन्छुमे नसानले लेख्नुभएको गित संगित दर्पण नेपाल युटुबमा मंगलबार सार्वजानिक भएको छ ।

प्रेमिकाले अर्कै प्रेमिसंग विताएको पललाई प्रेमिको मुटुमा चोट पुगेका पात्र हुन निर्देशक तथा नृत्य निर्देशक अनिसहाङ लाओती । उनका प्रेमीको पात्र दिपिका सेर्माले निभाएकी छिन् ।

लोकप्रिय गायक लेखनाथ चेम्जोङको आवाजमा सजिएको गितको संगितपनि चेम्जोङले नै गरेका हुन । पुष्पा किराती र सेन्दो सेलिङको छायाङकन रहेको म्यूजिक भिडियोको सम्पादन सुजन श्रेष्ठले गरेका हुन ।

गीतको छायाङकनलाई सुन्दर बनाउन खल पात्रको रुपमा दिप राई, सामहिम लाओतीले निभाएका छन् ।

ओपेरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन । नुमा देवानको श्रृङ्गार रहेको गीतको निर्माता राम आङदेम्बेले गरेको हो भने यसको फिमेल आवाज गायिका सुमिला आङदेम्बेले गरेकी छिन ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ४ : ४१ बजे