१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

कोशी नामकरणको बिरोध गर्दै इलाममा उभौली पर्व मनाइयो [ फोटो ]

इलाम । किरातीहरुको महान चाड उभौली पर्व इलाम सदरमुकाममा शुक्रबार मनाइएको छ । प्रदेशको नाम कोशी नामाकरणको विरुद्ध सडकमा उभौली पर्व मनाइएको हो । प्रकृतिको पूजा गरेर मनाइने उभौली पर्व यसबर्ष भने कोशी नामाकरणको बिरोध गर्दै  लिम्बु जातिको च्याब्रुङ नाच (केलाङ) र राई जातिको साकेला सिली सडकमै नाचेर आन्दोलनको रुपमा मनाइएको हो ।