माङसेबुङ । इलामको माङसेबुङ ३ मा किरात याक्थुङ पेभाकुम नेम्वाङ सङ्जुम्भोको प्रथम साधारण सभा सम्पन्न भएको छ । बुधबार मनिपुरस्थित नेम्वाङ सङ्जुम्भोको कार्यालयमा साधारण सभा तथा पाँचौ अधिबेशन सम्पन्न भएको हो । कार्यक्रममा किरात चोःलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न सङ्जुम्भोको पाचौं अधिबेशनले नन्दकुमार नेम्वाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत…