काठमाडौ - मदन पुरस्कार गुठिले २०७८ सालको मदन पुरस्कार डा. नवराज लम्सालको कविता संग्रह ‘अग्नि’लाई दिने निर्णय गरेको छ । अध्यक्ष कुन्द दीक्षितका अनुसार मदन पुरस्कार गुठीको साधारण सभाले ‘अग्नि’लाई दिने निर्णय गरेको हो । यसैगरी २०७८ सालको जगदम्बा–श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएका छन् । दुवै पुरस्कारको राशि जनही ४ लाख…