पाँचथर – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल पाँचथरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश निर्वाचनको लागि उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ । लिम्बुवान मञ्चको मंगलबार फिदिममा बसेको जिल्ला बैठकले उम्मेदवारहरुको नामावली संघीय कार्यसमितिलाई सिफारिस गरेको हो । प्रत्यक्षतर्फ प्रतिनिधिसभा,समानुपातिक र प्रदेशतर्फ प्रत्यक्ष र समानुपातिक उम्मेदवारीहरुको नामावली सिफारिस गरिएको…