इलाम । इलामको सन्दकपुर गाउँपालिका ४ माबुमा निर्माण गरिएको किरात फाआप मिङसो माङहिम उद्धघाटन तथा समाज सुधारक राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन ज्यूको पूर्ण कदको सालिक अनावरण गरिएको छ । आइतबार महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४० औं जन्मजयन्तीको अवसरमा माबु हाङमादेनमा आयोजित कार्यक्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा…