२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

रोङलाई झापासँग जोड्ने बैकल्पिक मार्ग धमाधम निर्माण

रोङ गाउँपालिकालाई झापा जोड्ने बैकल्पिक मार्गको काम धमाधम भइरहेको छ। यस सडकले रोङ-६ धजेबाट मनकामनाधाम‚ जौबारी, कुवापानी‚ चुलिढुङ्गा कृषि बजार, लामिटार र झापाको मेचीनगरपालिकाको भावनाचोक हुँदै धुलाबारी जोड्ने छ। अहिले धजेदेखि मनकामनासम्मको तीन किमिमा ग्राब्रेलको काम भइरहेको छ। अन्य खण्डमा पनि स्तरोन्नतिको काम भइरहेको छ। यस सडक निर्माणपछि रोङ-६ का रम्भ्याङ, जौबारी, कुवापानी, फाफोकटार, लामिटारका…