किरात समाचार । पान्थरको कुम्मायक गाउँपालिकास्थित रहेको कुम्मायक माङहिममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको हस्तबाहुलिबाट किरात चोत्लुङ स्थापना गर्नुभएको छ । शुक्रबार यासकको कुम्मायक माङहिममा अङ्सीमाङ अङ्सीमामाङद्वारा सावायेहाङ थिबोङ ताप्फेक सेवाको शुभारम्भ गर्नु भइ सोहि स्थानमा १८ फिट अग्लो सावायेहाङ किरात चोत्लुङ स्थापना गर्नुभएको हो । फागुन ५…