मैले धर्मगुरु ’सेईङ’ आत्मानन्द लिङ्देनज्युलाई पहिलो पटक २०२९ सालमा आफ्नै घरमा दर्शन गर्न पाएको थिएँ ।लामो कपाल, सेतो कमिज, गलामा रुद्राक्षको माला लगाउनु भएको थियो। त्यतिबेला सिङ्गो जौबारी गाउँमा मात्र तीन घर रहेको थियो। गुरुज्यु आउनु हुँदा ’जौबारी कान्छा’ डिल्लीप्रसाद तुम्बापोले जोर गाग्री, जोर दियो कलश राखेर करिब ७÷८ हात लामो सेतो कपडा बिछ्याइएर लाम्दाक…