इलाम - माङ्सेबुङ गाउँपालिका–१ र देउमाई नगरपालिका–५ जोड्ने देउमाई खोला पुल गजुरमुखीमा बेवारिसे शव फेला परेको छ । माङसेबुङ र देउमाई जोड्ने पुलको मध्य भागमा पहेँलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० बर्षका व्यक्ति शुक्रबार अपराह्न १ बजेको समयमा मृत फेला परेको देउमाई नगरपालिका–५ का वडासदस्य कैलाश श्रेष्ठले जानकारी दिए । हालसम्म शवको आफन्त…