१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

‘कोशी’ नामका प्रस्तावक रानालाई मोसो, उपसभामुख दनुवारमाथि दुर्व्यवहार

बिराटनगर । प्रदेशको नाम ‘कोशी’ नामका प्रस्तावक एमालेका उपनेता राम राना मगरलाई पहिचान पक्षधरले  मोसो दलेका छन् । प्रदेश १ पुन: नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले मगरलाई मोसो दलेको पुष्टि गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आज ०८० जेठ २५ गते इ.न.पा–११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई करिब सवा सोयाकबासी जनताले सवा ११ बजेको समयमा अचानक भेटेपछि गाडीभित्रै एक बाल्टी पूरै कालो मोसो मोबिलले स्वागत गरी…