सुनसरी : लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश १ को संसद सचिवालय भवन अघि धर्ना दिने भएको छ । प्रदेशको नामकरण लिम्बुवान, किरात प्रदेश राख माग गर्दै आन्दोलन गरिरहेको ३५ दलीय मोर्चाले उक्त कार्यक्रमको आयोजना गरेको हो । आइतबार इटहरीमा संघर्ष समितिको बसेको बैठकले साउन १० गते प्रदेशसभा बैठक बसेकै दिन धर्ना दिने निर्णय गरेको…